FAQs Complain Problems

समाचार

मतदाता शिक्षा सम्बन्धि पालिकास्तरिय अभिमुखीकरण कार्यक्रम सम्पन्न

 मिति २०७९ साल मंसिर ०४ गते सम्पन्न हुन गैरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको सन्दर्भमा निर्वाचन आयोगको तालिका बमोजिम मिति २०७९/०७/१८ देखि मिति २०७९/०८/०१ सम्म गाँउपालिकाका नौं ओटै वडाहरुमा सञ्चालन हुने मतदाता शिक्षा घरदैलो कार्यक्रम प्रभावकारी रुपमा सम्पन्न गर्नका  लागि मिति २०७९ साल कार्तिक १६ गते दिनको ११ः३० बजे यस जलजला गाँउपालिका गाँउकार्यपालिकाको कार्यालयमा, सरोकारवालाहरुको अभिमुखीकरण कार्यक्रम निमित्त प्रमुख प्रशासकीय अधिकृत श्री गोविन्द बहादुर जि।सी को संयोजकत्वमा सम्पन्न भयो । नौं वटै वडाका वडा सचिब तथा मतदाता शिक्षा स्वयमसेवकको जिम्मेवारीमा रहेका नौं ओटै वडाका महिला स्वास्थय स्वयमसेविका लगायत  कुल ४० जनाको सहभागीता रहेकोउत्तm कार्यक्रमको सहजिकरण निर्वाचन सम्पर्क व्यक्ति श्री प्रताप शर्माले गर्नुभएको थियो भने उक्त कार्यक्रम सञ्चालन आ.ले.प सहायक श्री कृष्ण बहादुर रोका मगरले गर्नुभएको थियो। मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाई मत बदर हुने अबस्था आउन नदिने यस अभियान सफल पार्नमा राजनितिक दल, नागरिक समाज, गै.स.स संस्था लगायत यहाँहरु सबैको महत्वपुर्ण भूमिका हुने व्यहोरा समेत अनुरोध छ । 

आर्थिक वर्ष: